images
images

रामेछापका एक युवक आफ्नै साथीको हत्या आरोपमा पक्राउ

  • २९ श्रावण २०७९, आईतवार ११:००

रामेछाप । रामेछापका एक युवक आफ्नै साथीको हत्या आरोपमा काठमाडौंबाट पक्राउ परेका छन् ।

असार ५ गते काठमाडौंको काटेश्वरमा मोरङका अनिश भनिने युवराज बराल मृत फेला परेको थिए । मृत फेला परेका अनिशको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले रामेछापका २० वर्षिय सुरज कार्कीलाई पक्राउ गरेको छ । अनिश र सुरज साथी हुन् । २९ वर्षिय अनिश र आरोपी अघिल्लो दिन चोरी आरोपमा सँगै प्रहरी प्रभाव काटेश्वरको हिरासतमा थिए । हिरासतबाट छुटेपछि दिनभर मदिरा सेवन गरेको र राती अनिशले हेपेपछि आफुले हत्या गरेको सुरजले प्रहरी समक्ष बयान दिएका छन् ।