images
images

शिक्षकका लागि राखेकोे एक घुट्की पानी पिउँदा गयो दलित विध्यार्थीको ज्यान

  • २९ श्रावण २०७९, आईतवार ११:१६

भारतको राजस्थानमा दलित समुदायका एक बालकले शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिँउदा शिक्षकको कुटपिटबाट ज्यान गएको छ ।

दलित समुदायका एक बालकले शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको हो । कुटपिटबाट आँखा र कानमा गम्भीर चोट लागेका ती ९ वर्षीय बालकलाई उपचारका लागि अस्पताल लगिएपनि उपचारका क्रममा आज मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो घटना भारतको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो । मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो ।