शेयर बजार लगातार घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से पछिल्लो साताको ५ दिनसम्म घटेर राताम्मे भएको हो । ५ दिनमा नेप्से सुचक ११३.८१ अंकले घटिसकेको छ । आज २७ दशमलव ९२ अङ्कले घटेर दुई हजार १० दशमलव शून्य एक विन्दुमा झरेको छ भने १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रुपैंया बराबरको ४५ लाख ५९ हजार २२ कित्ता शेयर कोरोबार भएको छ । सबै समूहको शेयर घटेकोमा उत्पादन, जीवन बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर अझ उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय २७ वटा कम्पनीको ४५ लाख ५९ हजार कित्ता शेयर एक अर्ब ८७ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । तर, समग्रमा बजार राताम्मे हुँदा पनि अपर हेवाखोला जलविद्युतको शेयर आठ प्रतिशतले बढेको छ ।










