images
images

दोलखामा आज थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या सय नाघ्यो

  • २९ श्रावण २०७९, आईतवार १८:०४

दोलखा । दोलखामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न स्थानिय तहमा ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज तामाकोशी गाउँपालिकाका ३ जना महिला र २ पुरुष गरी ५ जना र बैतेश्वर गाउँपालिकाका ५ जना पुरुष र २ जना महिला गरी ७ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । योसँगै दोलखामा साउन यता कोरोना संक्रमित हुनेको संख्या १ सय १२ पुगेको छ । आज १४ जना कोरोना मुक्त भएका छन् । जिल्लामा हाल १९ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।