images
images

प्राधिकरणको लापरवाहीको परिणाम, रामेछापमा एक पुरुषको यसरी गयो ज्यान

  • २९ श्रावण २०७९, आईतवार १८:४९

जिरी (दोलखा) । रामेछापको मन्थली नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

आज दिउँसो मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीमा करेन्ट लागेर ठेडिखोलाका ‘बिजुले’ भनिने ५५ वर्षीय बिजुली माझीको मृत्यु भएको हो । गाई चराउन जंगल जाने क्रममा भुईमा लत्रिएको विजुलीको तारमा पर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् ।

मृतक माझीको शव अहिले मन्थली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभयो ।