काठमाडौँ । पूर्बप्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले लोकतन्त्रको सदृढिकरण र जनताको अधिकार सुनिश्चितताका लागि सबैै दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान परिप्रेक्ष्यमा मुलुकमा थुप्रै चुनौतीहरु देखापरेको भन्दै त्यसको सामना गर्न निषेधको राजनीति नभई सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभयो । राजनीतिक दलहरु एकअर्कासँग हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले शान्ति सम्झौताको हस्ताक्षरकर्ता आफू अन्तिम समयसम्म संबिधानको रक्षाका लागि लागिपर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका क्रममा हतियार व्यवस्थापन गर्दा आफ्नो पार्टी विभाजन भएपनि देश बचेको बताउनुभएको छ । शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन निकै जटिल रहेको भन्दै उहाँले यस्तो खुलासा गर्नुभएको हो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापनका लागि आफुले नउठाएको भए हतियार व्यवस्थापन सम्भव नहुने उहाँको भनाई छ । नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै अध्यक्ष प्रचण्डले संबिधानसभाबाट बनेको संबिधान अनुसूचीमा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्नुभयो ।