images
images

तीव्र फैलियो डेंगु संक्रमण, प्रकोपको रुप लिन सक्ने विज्ञहरुको चेतावनी

  • २९ भाद्र २०७९, बुधबार ०९:३१

काठमाडौं । विज्ञहरुले डेंगुले प्रकोपको रुप लिन सक्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य विज्ञहरुले तीन वर्षअघिको डंगुको अवस्था जस्तो जटिलता आउन लागेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएका हुन् । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६५ जिल्लामा फैलिएको डंगुबाट ६ जनाको मृत्यु भएको थियो । इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७५ जिल्ला फैलिसकेको डंगुबाट हालसम्म ९ जनाको मृत्यु भइसकेको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो । असोज अन्तिमसम्म अझै ठुलो जोखिम रहेको र २०१९ को भन्दा पनि बढी केस देखिन सक्ने उहाँले बताउनुभयो । अहिले डेंगुको अवस्थालाई महामारीभन्दा पनि प्रकोप भन्न मिल्ने उहाँको भनाई छ । डेंंगु संक्रमणको उच्च जोखिम १० जिल्लामा परेको छ । काभ्रेपलाञ्चोक सहित काठमाडौं, ललितपुर, भक्तपुर लगायतका १० जिल्लामा मात्रै ९ हजार १ सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म प्रदेश १ मा ३ सय ४७, मधेशमा १ सय ९८, वागमतीमा ८ हजार ३ सय ९०, गण्डकीमा २ सय २४, लुम्बिनीमा १ हजार ४ सय ४१, कर्णालीमा १ सय ६२ र सुदुरपश्चिममा ३ सय २३ जनामा डेंंगु संक्रमण देखिएको छ ।