images
images

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

  • २९ भाद्र २०७९, बुधबार १०:३४
चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ ।
केही समय अगाडि एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको भए पनि डिजिटल रिलिज भने सोमवार भएको हो । मातृभूमि च्यानलबाट सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजिएको छ । एक जोडीको निश्चल प्रेम र वैदेशिक रोजगारीको कथालाई पनि ट्रेलरमा देखाइएको छ ।
सौरपानी मिडिया प्रा।लि।को ब्यानरमा निर्माण भएको फिल्मलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् भने मणि नेपाली पनेरु निर्माता हुन् । फिल्ममा अभिनास न्यौपाने र श्रेया कार्कीको मुख्य भूमिका छ भने मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको पनि अभिनय छ । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण भएको हो ।