images
images

कांग्रेसले यी चार मापदण्डका आधारमा समानुपातिक उम्मेदवार छान्ने

  • २९ भाद्र २०७९, बुधबार १८:३४

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज साँझ बसेको केन्द्रिय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । जसअनुसार गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरुले समानुपातिकतर्फ दाबी गर्न पाउने छैनन् । यस्तै २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरुलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ । यसैगरी उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ ।

गठबन्धनमा सिट बाँडफाँडको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसुचि बुझाउने म्याद नजिकिँदै गएपछि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदीय समितिको बैठक बोलाउनुभएको थियो । बैठकमा संसदीय समितिमा सदस्य नरहेका नेता शेखर कोइराला सहित केन्द्रिय सदस्यहरुलाई समेत आमन्त्रण गरिएको थियो । कांग्रेसका संसदीय समिति २५ सदस्यीय हुने व्यवस्था भएपनि सभापति देउवाले हालसम्म सो समितिलाई पुर्णता दिन सक्नुभएको छैन ।