सिन्धुली । सिन्धुलीको सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ मार्ग आजदेखि खन्न सुरु गरिने भएको छ ।
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजनको सुरुङमार्ग आजदेखि टनेल बोरिङ मेसिन टीबीएमबाट खन्न सुरु गरिने भएको हो । सो सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कोभेकले टनेल बोरिङ मेसिन जडान गरिसकेको छ । कमलामाई नगरपालिका वडा नम्बर २ कुुुसुमटारमा प्लेटफर्म निर्माणको काम पुरा गरेपछि टीबीएम मेसिनमार्फत औपचारिक रुपमा सुरुङ खन्न लागेको हो । कम्पनीले भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको पनि ठेक्का पाएको छ । सुनकोशी –मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार सो प्लेटफर्म निर्मा गरी टनेल बोरिङ मेसिन जडान गर्ने काम सकिएको छ ।










