images
images

गर्जाङ –खिम्ती प्रसारण लाईनको आजबाट परीक्षण हुने

  • २८ आश्विन २०७९, शुक्रबार ०८:३२

रामेछाप । रामेछाप गज्र्याङ खिम्ती १३२ के भी प्रसारण लाईनको आजदेखि परीक्षण हुने भएको छ ।

नेपाल विद्युत प्राधिकारणद्धारा निमार्णधिन रामेछाप –गर्जाङ खिम्ती १३२ के भी प्रसारण लाईनको परीक्षण आजदेखि हुने भएको हो । आयोजना प्रमुख अनुप गौतमले सुचना जारी गर्दै रामेछाप–गर्जाङ बि स्टेशनदेखि न्यु खिम्ती सव –स्टेशन देवीटारसम्मको प्रसारण लाइन परीक्षण आजबाट सुरु भएकोे जानकारी गराउनुभएको हो ।
आयोजनाले प्रशारण लाइनको आजदेखि परीक्षण गर्ने भएकाले स्थानिय सरोकारवालाहरुलाई सो क्षेत्रको टावरमा चड्ने/चडाउने तथा तार छुने लगायतका कार्य नगर्न नगराउन आग्रह गरेको छ ।

साथै प्रशारण लाइनमा केही असामान्य अवस्था झिल्का, आवाज तथा अन्य केही देखिएमा आयोजनालाई सम्पक गर्न समेत आग्रह गरेको छ ।