images
images

प्रतिनिधिसभातर्फका ८२ भन्दा बढी उम्मेदवार आफैँलाई मतदान गर्नबाट वञ्चित

  • २८ आश्विन २०७९, शुक्रबार ०९:३६

काठमाडौं । प्रतिनिधिसभातर्फका ८२ भन्दा बढी उम्मेदवार आफैंलाई मतदान गर्नबाट बञ्चित भएका छन् ।

मतदाता नामावली रहेको क्षेत्रबाट मात्रै मतदान गर्न पाउने निर्वाचन आयोगको व्यवस्थाका कारण प्रतिनिधिसभातर्फका ८२ भन्दा बढी उम्मेदवार आफैंलाई मतदान गर्नबाट बञ्चित भएका हुन् । मतदाता नामावली रहेको क्षेत्रबाहेक अन्य निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने कुनै पनि उम्मेदवारले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा आफैंलाई मतदान गर्न नपाउने भएका छन् । मतदाता नामावली रहेको क्षेत्रबाहेकका क्षेत्रबाट उम्मेदवार बन्ने कुनै पनि उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

जसअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफैंलाई मतदान गर्न बञ्चित हुनुहुने भएको छ । प्रचण्डको मतदान नामावली चितवन ३ को रहे पनि गोरखा २ बाट उम्मेदवार बन्नु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुरको सुर्यविनायक २ को रहेपनि झापा ५ बाट उम्मेदवारी दिएका कारण मतदान गर्न बञ्चिन हुनु भएको छ । यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेता कृष्ण प्रसाद सिटौला, शेखर कोइराला, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।