images
images

एकैदिन १७ सय बढीमा डेंगु संक्रमण, मृतकको संख्या ४७ पुग्यो

  • २८ आश्विन २०७९, शुक्रबार १६:३५

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ४७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन १७ सय ८७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा डेंगु संक्रमितको संख्या ३८ हजार ९ सय १८ पुगेको हो । डेंगु संक्रमण हाल ७७ जिल्लामा फैलिइसकेको छ ।