images
images

काभ्रेपलाञ्चोकको चाउमिन फ्याक्ट्रीमा भीषण आगलागी, दुई करोड बढीको क्षति

  • २८ आश्विन २०७९, शुक्रबार १८:४५

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा चाउमिन फ्याक्ट्रीमा आगलागि हुदाँ २ करोडभन्दा बढी क्षति भएको छ ।

धुलिखेल नगरपालिका वडा नम्बर ४ अठ्ठाइसकिलोस्थित चाउमिन फ्याट्रीमा आगलागि हुदाँ २ करोड २५ लाख बराबरको क्षति भएको हो । शम्भु कार्कीले चार तले पक्की घरमा सञ्चालनमा रहेको चाउमिन फ्याक्ट्रीमा आज चाउमिन पकाउने क्रममा ग्याँसबाट अचानक आगलागी भएको काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । आगलागिबाट चाउचाउ बनाउने मेसिन १५ थान, सामाग्री, लत्ताकपडा तथा अन्य सरसमान जलेर पुर्ण रुपमा क्षति भएको छ । आगलागीमा परी कार्की सामान्य घाइते भए पनि कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।