images
images

माओवादी केन्द्रका युवा नेता खड्कालाई चुनावी कमाण्डरको जिम्मेवारी

  • २८ आश्विन २०७९, शुक्रबार २१:०५

जिरी (दोलखा) । नेकपा माओवादी केन्द्रले दोलखामा चुनावी कमाण्डरको जिम्मेवारी युवा नेता विशाल खड्कालाई दिएको छ ।

पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री समेत रहेका युवा नेता खड्काले दोलखा जिल्ला इन्चार्ज तथा चुनावी कमान्डरको जिम्मेवारी पाएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र तथा गठबन्धनको पक्षमा जित हात पार्न खड्कालाई पार्टीको तर्फबाट कमाण्डरको जिम्मेवारी दिएका हुन् । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की (विश्व) निर्वाचन लड्दैछन् । कार्कीलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको साथ रहेको छ ।

चुनावी कमाण्डरको जिम्मवारी पाएपछि नेता खड्काले आजैदखि चुनाव केन्द्रित छलफल सुरु गरेका छन् । उनले काठमाडौंमा आज गठबन्धन दलहरुबीच छलफल गरेका हुन् ।