काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा भएको सांसदहरुको सनाखतका क्रममा बहुमत जुटाएपछि कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । कार्कीको पक्षमा बहुमत ४७ जना सांसदले हस्ताक्षर गरेका थिए । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दावी गर्नुभएको थियो । आज दुवै आकाङ्क्षीको पक्षमा ४७÷४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय दिनुभएको थियो ।
तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो । कार्कीले नेपाली कांग्रेसबाट विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर मुख्यमन्त्री दाबी गर्नुभएको थियो ।