images
images

ललितपुरमा मृत फेला परेका रामेछापका पुरुषको घटना शंकास्पद

  • २८ कार्तिक २०७९, सोमबार १४:२६

काठमाडौँ । रामेछापका एक पुरुष ललितपुरको नख्खुमा मृत फेला परेका छन् ।

रामेछाप घर भई नख्खुमा बालुवा डिपो सञ्चालन गर्दै आएका ३९ वर्षिय राजन बस्नेत आज मृत फेला परेका हुन् । उनको टाउकोमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको र घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुर महाशाखाको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ । घटना शंकास्पद रहेको आशंकामा प्रहरी अनुसन्धान गरिरहेको हो ।