जिरी (दोलखा) । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले निर्वाचनमा खटिएका कर्मचारीहरुको नामावली संशोधन गरेको छ ।
नेपाल शिक्षक महासंघ दोलखाले शिक्षकहरुलाई निर्वाचनमा मर्यादाक्रम विपरित खटाएको भन्दै विरोध जनाएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिएका कर्मचारीहरुको नाम संशोधन गरेको हो । यहि कात्तिक २६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दोलखामा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु गरी १५ सय ६६ जना कर्मचारी खटाएको थियो ।
तर, निर्वाचनका लागि कर्मचारी खटाउने क्रममा मर्यादाक्रम नमिलेको भन्दै नेपाल शिक्षक महासंघ जिल्ला समितिले हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकर्षण गराएको थियो । निजामति सेवाका कर्मचारीहरुबाट नासु वा सो सरहका कर्मचारीहरुलाई मतदान अधिकृतको जिम्मेवारीमा खटाइएपनि शिक्षकहरुको तह श्रेणीगत मर्यादाक्रमको वेवास्ता गर्दै शिक्षकको स्भाविमानमा आँच आउनेगरी प्राथमिक तहका प्रथम र द्धितीय, निमावि तहका प्रथम, द्धितीय र तृतीय तहका शिक्षकहरुलाई निर्वाचनमा सहायक कर्मचारीका रुपमा खटाएको भन्दै शिक्षकहरुले आपत्ति जनाएका थिए ।
नेपाल शिक्षक महासंघ र शिक्षकहरुको गुनासोपछि निर्वाचनमा खटिने कर्मचारीहरुको नाम संशोधन गरिएको सहायक निर्वाचन अधिकृत शिवकुमार पोखरेलले जानकारी दिनुभयो । निर्वाचन आयोगबाट तोकिएर आए बमोजिमनै कर्मचारी खटाइएकोमा शिक्षकहरुले विरोध गरेको उहाँको भनाई छ ।
उहाँका अनुसार कतिपय शिक्षकहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयले खटाए बमोजिमनै खटिएका छन् भने कतिपय असन्तुष्टि जनाउँदै निवेदन लिएर जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । आज पनि निर्वाचनका लागि खटाइएका ६ जना शिक्षकहरु निवेदन लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
यस्तो छ, संशोधित नामावलीः