काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचित सांसद विमला गौचनको निधन भएको छ ।
सांसद गौचनको गए राति ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । पारिवारीक स्रोतका अनुसार उनलाई केही दिनअघि डेंगु भएको थियो । डेंगु संक्रमणपछि उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।
सांसद गौचन केही समयअघि भ्रमणकालागि दामोदर कुण्ड गएकोमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो ।