काठमाडौँ । डेडिकेटेड फिडर र ट्रंकलाईनबाट विद्युत आपुर्ति लिएका उपभोक्तालाई बक्यौता रकम बुझाउन विद्युत प्राधिकरणले तोकता गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको हो । प्राधिकरणले आज सूचना नै जारी गरेर आगामी मंसिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो ।
आज सूचना जारी गरि आईतबारको मन्त्रीपरिषद र मंगलबारको प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय अनुसार १५ दिनभित्र बक्यौता तिरिसक्न उपभोक्तालाई आग्रह गरिएको प्राधिकरणले जनाएको छ । प्रािधकरणले तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार कारबाही गरिने चेतावनी दिएको छ ।
यसअघि प्राधिकरणले बक्यौता महसुल तिर्न उद्योगीलाई किस्तावन्दीको सुविधा दिएको भएपनि अब भने आगामी मंसिर १२ गतेभित्र एकैपटक महसुल तिर्नुपर्नेछ ।