
हेटौंडा । बागमती प्रदेश सरकारले कृषिसम्बन्धी ‘प्रदेश कृषि विकास अध्यादेश’ जारी गरेको छ।
नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले अध्यादेश जारी गर्नुभएको हो । सो अध्यादेश बागमती प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ।अध्यादेशको परिच्छेद २ मा कृषि, व्यवसाय र बजारीकरणसम्बन्धी व्यवस्थामा किसान सूचीकरण, कृषि व्यवसाय सञ्चालन, व्यवसाय सूचीकृत, अनुमतिपत्र लिने व्यवस्था, वर्गीकरण, अनुमतिपत्र रद्द गर्नसक्ने व्यवस्था, न्यूनतम समर्थन मूल्य तोक्नसक्ने व्यवस्था र मूल्यसूची टाँस्ने जस्ता व्यवस्था उल्लेख छ।