images
images

यी हुन् बागमती प्रदेशसभाका समानुपातिक सांसद (सूचीसहित)

  • २८ मंसिर २०७९, बुधबार २१:०५

जिरी (दोलखा) । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले सिफारिस गरेको उम्मेदवारलाई निर्वाचित गरी अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आयोगले प्रतिनिधिसभाको ११० सिटका साथै सात वटै प्रदेशका सबै प्रदेशसभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरेको हो । जसमध्ये विभिन्न पार्टीबाट बागमती प्रदेशसभा सदस्यमा ४४ जना समानुपातिक सांसद निर्वाचित भएका छन् । बागमती प्रदेशमा समानुपातिकका ४४ जना सांसद निर्वाचित हुँदा दोलखाबाट ३ जना समानुपातिक सांसद बनेका छन् । जिल्लाबाट नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ३ जना समानुपातिक सांसद बनेका हुन् । अन्य दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलबाट भने जिल्लामा कसैले पनि समानुपातिक सांसद बन्ने अवसर पाएनन् । समानुपातिकतर्फ दोलखाबाट प्रतिनिधिसभामा एमालेका इश्वर बहादुर रिजाल मात्रै सांसद बनेका छन् ।

नामावली सहितको विवरण हेर्न तलको निलो अक्षरमा क्लिक गर्नुहोस् ।

समानुपातिक निर्वाचन प्रणाली तर्फको बागमती प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण