images
images

पत्रकार महासँघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टरका मगर विजयी

हेटौँडा । नेपाल पत्रकार महासँघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टरका कृष्ण सारु विजयी भएका छन् ।

मकवानपुरका पत्रकार मगर ४७२ मत ल्याएर विजयी भएका हुन् । प्रेस सेन्टर नेपालबाट उम्मेदवार बनेका मगरले प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट उम्मेदवार बनेका शिव देवकोटालाई १०९ मतान्तरले पराजित गरेका छन् । प्रेस युनियन सम्बद्ध देवकोटाले ३६३ मत पाएका छन् ।

अध्यक्ष पदमा विजयी मगर यसअघि पत्रकार महासँघ बागमती प्रदेशको दुई कार्यकाल महासचिव भएका थिए । युनियन र चौतारीको गठबन्धनलाई भत्काउँदै अध्यक्षमा प्रेस सेन्टरका मगर विजयी भएपनि अन्य पदाधिकारी भने गठबन्धनले जितेको छ । गठबन्धनबाट खुल्ला उपाध्यक्षमा हरी प्रसाद हुमागाई, महिला उपाध्यक्षमा विमला पाण्डे, महासचिवमा राधेश्याम खतिवडा, सहसचिवमा श्याप्रसाद खतिवडा, समावेशी सहसचिवमा काजी श्रेष्ठ र कोषाध्यक्षमा शंकर अधिकारी विजयी भएका हुन् ।

मगर प्यानलका पदाधिकारीहरुले बागमती प्रदेका अन्य जिल्लाबाट राम्रो मत पाएपनि चितवनमा खसेको मतका कारण उनीहरु पराजित भएका हुन् । पत्रकार महासँघ चितवनमा २५५ मतदाता रहेपनि अध्यक्ष मगर बाहेक प्रेस सेन्टरबाट उम्मेदवार बनेका अन्य पदाधिकारीलाई कम मत झरेको थियो ।