images
images

पत्रकार महासंघ सिन्धुपाल्चोकमा ध्रुव दंगाल विजयी

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासँघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित भएका छन् ।

प्रेस युनियन र चौतारीको गठबन्धनका उम्मेदवार दंगाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ५० मत पाएका छन् । महासँघको उपाध्यक्षमा गठबन्धनबाटै दिपक अर्याल, महिला उपाध्यक्षमा कमल पाख्रिन, सचिवमा टिका सुवेदी, खुला सहसचिवमा देवराज सुवेदी र समावेशी सह–सचिवमा सञ्जय तामाङ निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा भने प्रेस सेन्टरका दिपक खत्री निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवारविरुद्ध १ मतको जित निकालेका हुन् ।

यस्तै, सदस्यहरुमा गोमा खत्री, फुलमान तामाङ, चण्डिका नेपाली, अर्जुन शर्मा, किरण थापा, दिपीन ढुंगाना, निर्मला बस्नेत, प्रमिला विक, प्रितमकुमार तामाङ, बुद्धिप्रसाद आचार्य, विपना तामाङ, सहदेव भण्डारी र सागर खड्का निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधि परिषद सदस्यमा रामकृष्ण थापा, चित्र मिजार र ज्ञानेन्द्र तिमिल्सिना विजयी भएका छन् ।