images
images

मन्त्रीपरिषद् विस्तारमा ढिलाई हुँदा १७ मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा

  • १ माघ २०७९, आईतवार ०८:०९

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि मन्त्रीपरिषद् पुर्णता पाउन सकेको छैन ।

सरकारले संसदमा विश्वासको मत पाए पनि सत्तारुढ दलहरुबिचको अविश्वासले मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको हो । तीन मन्त्रीले मात्रै विभागीय जिम्मेवारी पाएका छन् भने कुल २० मध्ये १७ मन्त्रालयको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाल्नु भएको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच पटक पटक छलफल भएपनि मन्त्रीपरिषद्बो टुंगो लागेको छैन । सरकारले मंगलबार विश्वासको मत लिएपछि सात दलीय सत्ता गठबन्धनको बैठक समेत बसेको छैन । दुई नेताबिच बुधबार, बिहिबार, शनिबार करिब ६ घण्टा वार्ता भए पनि सहमतिले अन्तिम रुप लिन पाएका छन् । आज बेलुकासम् मभने नाम टुंगो लगाएर सोमबारसम्म मन्त्रीपरिषद्लाई पुर्णता दिने तयारी भएको स्रोतले बताएको छ ।

पुस ११ गते प्रधानमन्त्री प्रचण्डसँगै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्री, नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पुर्वाधारमन्त्री र रवि लामिछानेले उपप्रधान तथा अर्थमन्त्रीको सपथ लिएका थिए । सोही दिन सपथ लिएका एमालेका दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र जनमतका अब्दुल खानले मन्त्रालयको जिम्मेवारी पाएका छैन् । एमालेले ९, माओवादीले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले उपप्रधानमन्त्रीसहित ३ र जसपाले ३ मन्त्रालयमा दाबी गरेका छन् । कुन मन्त्रालय कसले लिने भन्ने विषयले पनि सहमति असहज देखिएको छ ।