images
images

बिष्णुलक्ष्मी तुलसीमाया साहित्य पुरस्कार तामाङलाई

  • १ माघ २०७९, आईतवार ११:२१

दोलखा । यो बर्षको बिष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मानबाट साहित्यकार रविन्द्र तामाङ सम्मानित भएका छन् ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले स्थापना गरेको सम्मानवाट दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ चोथाङ घर भएका तामाङलाई सम्मान गरिएको हो । सदरमुकाम चरिकोटमा आज एक कार्यक्रमका बीच प्रदेशसभा क्षेत्र नम्बर २ का सांसद भरत केसीले तमाङलाई नगद १० हजार र सम्मान पत्र सहित सम्मान गर्नुभएको हो । सम्मानित भएका तामाङले फुटकर साहित्य र कविताहरु पनि लेख्दै आएका छन् ।

श्रष्टा एवँ पत्रकार चिरञ्जीवी मास्केले जन्मदिने आमा तुलसीमाया र पालनपोषण गरी शिक्षा दिने आमा बिष्णुलक्ष्मीको स्मृतिमा आफ्नो जन्मदिनको अवसर पारेर प्रत्येक बर्षको माघ १ गते बिष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मान प्रदान गर्ने गरेका छन् । कार्यक्रममा प्रदेय पुस्तक अंक ११ पनि सार्वजनिक गरिएको छ ।बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको पुरस्कार बितरण तथा प्रदेय वर्ष पत्रिका सार्वजनिक कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर २ का सांसद भरत केसी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा प्रसाद पौडेल, बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदी, लगायतले मन्तव्य व्यक्त गनुभएको थियो । कार्यक्रममा साहित्यकार पत्रकार, राजनीतिकर्काी लगायतका सामाजिक अगुवाहरुको सहभागीता थियो ।