images
images

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज दुर्घटना

  • १ माघ २०७९, आईतवार ११:२५

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना भएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य छन् । पहिलेको एयरपोर्ट र अहिलेको नयाँ अन्तराष्ट्रिय एरपोर्टबीचमा अवस्थित सेती मिनारमा खसेर दुर्घटना भएको यति एयरका प्रवक्ता सुदर्शन बतौंलाले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।