images
images

जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटियो

  • १ माघ २०७९, आईतवार १२:०६

काठमाडौं । पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

अहिले उद्धार भइरहेको र बाकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने बर्तौलाले बताउनुभयो । क्षतिको थप विवरण आउन बाँकी छ ।