images
images

जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री विमानस्थलमा, आकस्मिक बैठक आह्वान

  • १ माघ २०७९, आईतवार १२:१६

काठमाडौं । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।

काठमाडौंबाट ६८ यात्रु र चालक दलकासहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुस्खद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै प्रधानमन्त्रीले क्याबिनेट बोलाएको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले प्रभावकारी उद्दारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिनुभएको छ । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्नुभएको छ ।