
काठमाडौँ । पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाजमा आठ जना विदेशी यात्रु पनि रहेको खुलेको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको एटीआर जहाजमा आठ विदेशी यात्रु रहेको खुलेको हो । जसमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन र एलेक्जेण्डर आइरिडोरे रहेक थिए । तर, विदेशी यात्रुको देशको विवरण भने खुलिसकेको छैन । सोे जहाजमा ६८ जना यात्रु र चारजना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
आज बिहान पोखराको घारीपाटन नजिकै सेती नदीको खोचमा यतिको एएनसी एटीआर–७२ जहाज दुर्घटनामा परेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।