
काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ जना विदेशी नागरिक रहेको खुलासा भएको छ ।
यति एयरलाइन्सका अनुसार ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, कोरियाका दुई, अर्जेन्टिना, आयरल्याण्ड, अष्ट्रेलियाका र फ्रान्सका एक/एकजना यात्रु विमानमा रहेको पाइएको हो । विमानमा चालक दलका सदस्य सहित ७२ जना सवार थिए , तीमध्ये ६ जना बालबालिका र तीन जना शिशुपनि सवार रहेको पाइएको छ ।