images
images

पोखरा विमान दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

  • १ माघ २०७९, आईतवार १३:०७

काठमाडौँ । पोखरामा आज बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको र हालसम्म ३६ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको र हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।