images
images

उद्धार कार्यलाई तीब्र बनाउन प्रधानमन्त्रीको निर्देशन

  • १ माघ २०७९, आईतवार १३:२८

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  विमान दुर्घटनामा परेकाको उद्धार कार्यलाई तीब्र बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ ।

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको रेस्क्यु कोअर्डिनेसन सेन्टर पुगेर प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिनुभएको हो । उहाँले विमान दुर्घटनामा संलग्न सुरक्षा निकायका अधिकारी र कर्मचारी उद्दारकर्ताहरूलाई कुनै पनि कमजोरी र ढिलाइ नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि साथमा विमानस्थल पुग्नुभएको छ ।