images
images

पोखरा विमान दुर्घटनामा परी मृत्यु भएकामध्य ३ जना बालबालिकाको सनाखत

  • १ माघ २०७९, आईतवार १४:०३

काठमाडौँ । पोखरा विमान दुर्घटनामा परी मृत्यु भएकामध्य तीन बालबालिकाको सनाखत भएको छ ।

पोखरा विमानस्थल नजिकै भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका मध्य तीन बालबालिकाको सनाखत भएको हो । मृत्यु हुनेमा प्रसिद्धी पौडेल, कृष परियार र आयोरुद्धी शर्मा रहेका छन । उनीहरुको ठेगाना भने खुलेको छैन । आज बिहान काठमाडौबाट चालक दलका ४ र ६८ जना यात्रु लिएर सो विमान पोखराका लागि उडेको थियो । विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यती एयरलाईन्सले जनाएको छ ।

विमानले विमानस्थलको टावरसंग आफु धावनमार्ग तर्फ अगाडि बढेको जानकारी गराउनासाथ आकाशमा नै विमानमा आगो लागेको थियो ।