images
images

२७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, सुरक्षित पुननिर्माणमा जोड

  • २ माघ २०८१, बुधबार ०६:५९

काठमाडौँ । आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामुलक कार्यक्रम गरि मनाइँदैछ ।

वि.सं १९९० साल माघ २ गते गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन लागिएको हो । यो वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मुल नारासहित विभिन्न कार्यक्रम गरि देशैभर दिवस मनाउन लागिएको छ ।

केही दिन अघि मात्रै तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले समेत काठमाडौँ लगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको छ । सोही कारण यो वर्षको भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित र प्रभावकारीरुपमा मनाउने तयारी भइरहेको छ । भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको विभागका महानिर्देशक मचाकाजी महर्जनले बताउनुभयो ।

नेपालमा १९९० पछि २०७२ सालमा पनि ठुलो भूकम्प गएको थियो । ती दुवै भूकम्पले ठुलो जनधनको क्षति गरेका थिए । १९९० को भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो भने २०७२ बैशाखको भूकम्पमा परि ८ हजार ६७० जनाको मृत्यु भएको थियो । दुवै भूकम्पले भौतिक संरचनातर्फ पनि ठुलो क्षति पु¥याएको थियो ।