
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् ।
दक्षिण कोरियामा भ्रष्टाचार विरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरुले निलम्बित राष्ट्रपति योललाई नियन्त्रणमा लिएका हुन् । राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरू सिँढीको प्रयोग गरेर राष्ट्रपति निवासभित्र प्रवेश गरेका थिए ।
सुरूमा राष्ट्रपति सुरक्षा सेवाका सुरक्षाकर्मीले राष्ट्रपति निवासको प्रवेशद्वार नजिक सवारी साधन तेस्यार उनीहरूलाई अघि बढ्नबाट रोकेका थिए भने सत्तारुढ दलका केही सांसद र यूनका कानुन व्यवसायीहरूको एक समूहले पनि उनीहरूलाई प्रवेशद्धारमै रोक्ने प्रयास गरेको थियो ।
तर, प्रहरी र अनुसन्धानकर्ताहरुले सिँढीको प्रयोग गरेका निवास भित्र प्रवेश गरेका हुन् । निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न अदालतले डिसेम्बर ३१ मा पक्राउ पुर्जी जारी गरेको थियो ।