images
images

दोलखामा एमसीसीको विरोधमा लगातार प्रदर्शन

  • ३ फाल्गुन २०७८, मंगलवार १७:५९

दोलखा । दोलखामा अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्धमा लगातार प्रदर्शन हुन थालेको छ ।

नेकपा एकिकृत समाजवादीले एमसिसिको विरुद्धमा सदरमुकाम चरिकोटमा प्रदर्शन गरेको दुई दिन नवित्दै आज नेकपा माओवादी केन्द्रको भातृ संस्था वाइसियल दोलखाले पनि प्रदर्शन गरेको हो । वाइसियलले राष्ट्रघाती एमसिसि खारेज गरौं, सार्वभौम सत्ता तथा राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लेखिएको व्यानर तथा नो एमसिसि लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेको छ । चरिकोटस्थित सातदोबाटोमा भएको प्रदर्शनमा वाइसियलका नेता तथा कार्यकर्ताहरुले एमसिसिको विरुद्धमा चर्को नारावाजी गरेका थिए । विरोध प्रदर्शन कार्यक्रमलाई वाइसियल दोलखाका इन्चार्ज प्रखर लामाले सम्बोधन गर्नुभएको थियो ।

यसअघि समाजवादीले पनि एमसिसिका विरुद्धमा फागुन १ गते चरिकोटमा विरोध प्रदर्शन गरेको थियो । नेकपा एस दोलखाको भातृ संस्थाहरुले नो एमसिसि लेखिएको व्यानर सहित प्रदर्शन गरेका थिए । नेकपा एसको भातृ संस्थाहरुले आयोजना गरेको विरोध प्रदर्शनमा पनि एमसिसिको विरुद्धमा चर्को नारावाजी गरिएको थियो । सरकारले एमसीसी बुधबारको संसद बैठकमा टेबुल गर्ने तयारी गरेका बेला यसको विषयमा चर्को विरोध भइरहेको छ । नेकपा माओवादी केन्द्र एमसीसीमा भएका केही बुँदाहरु संशोधन गरेर मात्रै एमसिसि अघि बढाउने अडानमा छ भने प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी टेबुल गर्न जोड गरिरहनुभएको छ ।

वाइसियलले गरेको विरोध प्रर्दशनः

 

नेकपा एसले गरेको विरोध प्रर्दशनः