images
images

एमालेको ‘मिसन ग्रासरुट’ अभियानः दोलखामा ३ नेता खटिए

  • ३ फाल्गुन २०७९, बुधबार ०९:४०

जिरी (दोलखा) । नेकपा एमालेले सञ्चालन गर्ने ‘मिसन ग्रासरुट’ अभियानका लागि दोलखामा तीन नेतालाई खटाइएको छ ।

दोलखाको ९ वटा पालिकामा अभियान चलाउनेगरी एमालेले सुवास देवकोटा, देवी प्रसाद ज्ञवाली र खेम प्रसाद लोहनीलाई खटाइएको हो । जसमा जिरी नगरपालिका र बैतेश्वर गाउँपालिका तथा तामाकोशी गाउँपालिकाको लागि सुवास देवकोटालाई खटाइएको छ भने भीमेश्वर नगरपालिका, मेलुङ र शैलुङ गाउँपालिकामा देवी प्रसाद ज्ञवाली खटिएका छन् । यस्तै, विगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकामा खेम प्रसाद लोहनी खटिएका छन् । अभियानमा पालिका–पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ । ‘मिसन ग्रासरुट’ अभियानका लागि एमालेले देशभर केन्द्रीय सदस्यहरुलाई खटाएको छ ।

गत माघ २६ मा बसेको केन्द्रीय सचिवालयको बैठकले फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो ।