images
images

बालाजु घटनाः प्रहरीको गाडी, अस्थायी बिटमा आगजनी र तोडफोड गर्ने ६ जना पक्राउ

  • ३ फाल्गुन २०७९, बुधबार १७:५९

काठमाडौं । काठमाडौंको बालाजुस्थित माछापोखरीमा प्रहरीको गाडी तोडफोड, प्रहरी बिटमा आगजनी तथा तोडफोडमा संलग्न काभ्रेपलाञ्चोकका दुई सहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका राजेश तमाङ र आशिस खड्का, उदयपुरका विक्रम राई, नुवाकोटका रामहरि भण्डारी, लमजुङका विवेक श्रेष्ठ र प्युठानका दिपेन्द्र पुन मगर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । काठमाडौंका एसएसपी दानबहादुर कार्कीले सोमबार भएको आन्दोलनका क्रममा तोडफोड गर्ने उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेकाहरु माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २ सय ८५ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न रहेको आशंकामा अन्य १० जनामाथि पनि सोधपुछ भइरहेको छ ।