
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक दर्जन प्रहरी नायव उपरिक्षक (डिएसपी)को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले रिक्त रहेको कार्यालयहरुमा डिएसपीको काज सरुवा गरेको हो । जसअनुसार दोलखामा पनि नयाँ डिएसीपी आउने भएका छन् । दोलखामा नयाँ डिएसपीको रुपमा ज्ञानकुमार महतो आउने भएका हुन् । दोलखाका डिएसपी युवराज खड्काको एसपीमा बढुवा भएपछि सो पद रिक्त थियो ।
यस्तै, रसुवामा हेमबहादुर शाही, महराजगन्ज वृत्तमा निरञ्जन थापा, जनसेवा वृत्तमा कृष्ण चन्द, इलाका प्रहरी कार्यालय, बुटवलमा इन्द्र राना तथा इलाका प्रहरी कार्यालय गजुरीमा विकास थापालाई पठाउने तयारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।