images
images

जिरी उद्योग वाणिज्य संघमा श्रेष्ठको प्यानल विजयी

  • १ चैत्र २०७९, बुधबार ०७:५५

जिरी (दोलखा) । जिरी उद्योग वाणिज्य संघको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

जिरी उद्योग वाणिज्य संघको पाँचौ वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै हिजो सम्पन्न भएको हो । संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ९७ मत प्राप्त गरेका छन् भने संस्थापन पक्ष समुहका गेल्वु शेर्पाले ८२ मत प्राप्त गरेका छन् । यसअघि उपाध्यक्षका जिम्मेवारीमा रहेका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी, ९७ मत प्राप्त गर्दै जिरी उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा आङगेल्जी शेर्पा निर्वाचित हुँदा ८९ मतसहित द्धितिय उपाध्यक्षमा शिवसकुमार बस्नेत विजयी भएका छन् ।

महासचिवमा अनिल कार्की, सचिवमा सुमन शामी, कोषध्यक्षमा संस्थापन पक्षका सुरज खड्का निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा गया श्रेष्ठ, यामबहादुर खत्री, दिपेन्द्र खड्का, र पेमाटुण्डु शेर्पा निर्वाचित भएका छन् । श्रेष्ठको प्यानलमा अध्यक्ष, प्रथम उपाध्यष, द्धितिय उपाध्यक्ष र सचिव निर्वाचित हुँदा शेर्पा समुहको पक्षबाट कोषअध्यक्ष र चार जना सदस्य निर्वाचित भएका छन् ।