images
images

कांग्रेसले उपराष्ट्रपतिका उम्मेदवार यादबलाई मत दिने

  • १ चैत्र २०७९, बुधबार १२:५३

काठमाडौ । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको आज बिहान बसेको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो । उपराष्ट्रपति पदको निर्वाचन यही चैत ३ गते हुँदैछ । यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् । कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।