images
images

चोरी मुद्धामा फरार सिन्धुपाल्चोकका एक पुरुष १० वर्षपछि पक्राउ

  • १ चैत्र २०७९, बुधबार १९:४९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक पुरुष चोरी मुद्धामा फरार रहेको १० वर्षपछि पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ का ३९ वर्षीय सुकदेव नेपाललाई प्रहरीले चोरी मुद्धामा फरार रहेको १० वर्षपछि आज पक्राउ गरेको हो । उच्च अदालतले नेपाललाई २०६९ साल माघ २ गते चोरी मुद्धामा ११ महिना २६ दिन कैद सजायको आदेश सुनाएको थियो । अदालतको आदेश लगत्तै फरार रहेका उनलाई भक्तपुरको बालकोटबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई जिल्लामा ल्याएर आज सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरीएकोमा अदालतको आदेश अनुसार कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।