
दोलखा । दोलखावाट प्रसारण हुँदै आएको हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्ज आजबाट १७ वर्ष पुरा गरि १८ औँ वर्षमा प्रवेश गरेको छ ।
२०६४ साल चैत २ गतेबाट प्रसारण सुरु गरेको हाम्रो रेडियो आजबाट १७ वर्ष पुरा गरी १८ वर्षमा प्रवेश गरेको हो । सदरमुकाम चरिकोटवाट प्रसारण हुँदै आएको हाम्रो रेडियो दोलखाको दोश्रो सामुदायिक एफएम हो । २५० वाट क्षमताको रेडियोको प्रसारण दोलखा र आसपासका जिल्लाहरुमा सुन्न सकिन्छ । ‘नयाँ नेपालको नयाँ आवाज, आवाजविहिनहरुको आवाज’ भन्ने मुल नाराका साथ स्थापना भएको हाम्रो रेडियो दोलखा र आसपासका जिल्लामा लोकप्रिय मानिन्छ । हाम्रो रेडियोले बिशेष गरी समाचार र समाचारमुलक कार्यक्रमलाई प्राथमिकता दिँदै आईरहेको छ ।
वार्षिक उत्सवको अवसरमा रेडियो सञ्चालक समितिका सचिव लक्ष्मण खड्काले १७ बर्ष लामो यात्रामा सहयोग गर्ने श्रोता, विज्ञापनदाता, सहयोगी तथा शुभेच्छुकहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । हाम्रो रेडियोले सूचना र सञ्चारको क्षेत्रमा अविचलित रुपमा योगदान गरिरहेको भन्दै उहाँले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।