
काठमाडौं । काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट काभ्रेका एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –११ घर भई हाल ललितपुर धापाखेल बस्ने २६ वर्षीया सुकराम तामाङ रहेका छन् । यस्तै, बेथानचोक गाउँपालिका–६ का रमेश तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले जनाकारी दिनुभयो । आज बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित प्रेट्रोल पम्प अगाडिको सडकमा रा १ ख २६२२ नम्बरको टिपरले प्रदेश ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका थिए ।
घाइते भएका सुकराम उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लागिएको उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते रमेशको उपचार भइरहेको छ । ठक्कर दिने टिपरका चालक फरार रहेका छन् भने टिप्पर भने प्रहरीले नियन्त्रणमा लिएको छ।