जिरी (दोलखा) । दोलखाको भिमेश्वर नगरपालिकास्थित तामाकोशीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित तामाकोशीमा करेन्ट लागेर महोत्तरीको डाँडागाउँ गाउँपालिका २ का २० वर्षीय असल अन्सारीको मृत्यु भएको हो । हिजो करिब साढे ४ बजे विजुलीको पोलमा चढेर तार मर्मत गर्ने क्रममा करेन्ट लागेर अन्सरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि चरिकोट अस्पताल लैजाने क्रमममा बाटोमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अञ्जन कोइरलाले जानकारी दिनुभयो । उनको शव पोष्टमार्टको लागि चरिकोट अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार अन्सारी केहि समयअघि देखि सेवा करारमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दोलखामा काम गर्दै आएका थिए ।