images
images

सिन्धुपाल्चोकका आधा पालिकामा माओवादी केन्द्रको दाबी

  • २ बैशाख २०७९, शुक्रबार १६:०८

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकका आधा पालिकामा दाबी गरेको छ ।

माओवादीले तालमेलका लागि सिन्धुपाल्चोकका आधा पालिकाको नेतृत्व पाउनुपर्ने दावि गरेको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् सिन्धुपाल्चोकबाट बागमती प्रदेशसभा सांसद रहेका युवराज दुलालले आफुहरुले आधा पालिकाको दावि गरेको जानकारी दिनुभयो । गठबन्धनमा सहमति नभए सबै पालिकामा एकल रुपमा लड्ने गरी तयारी गरिरहेको उहाँले बताउनुभयो ।

सिन्धुपाल्चोकका १२ पालिकामध्ये एमालेले ७, कांग्रेसले तीन गाउँपालिका र माओवादी केन्द्रले एक नगरपालिका सहित दुई पालिका जितेको थियो ।