images
images

सिन्धुलीमा डढेलोमा जलेर पुरुषको मृत्यु

  • २ बैशाख २०७९, शुक्रबार १७:१३

सिन्धुली । सिन्धुलीमा आफैंले लगाएको डढेलोमा जलेर एक पुरुषको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका वडा नम्बर ३ का ५२ वर्षिय एकुमबहादुर श्रेष्ठको आफैंले खरबारीमा लगाएको डढेलो निभाउने क्रममा जलेर मृत्यु भएको हो । नयाँ वर्षका दिन खरपाखामा डढेलो लगाउन गएका श्रेष्ठ घर नफर्केपछि खोजी गर्दा स्थानियले आज मृत अवस्थामा फेला पारेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजकुमार लामाले जानकारी दिनुभयो । खरबारीमा लगाएको डढेलो अनियन्त्रित भएर फैलिन थालेपछि निभाउने क्रममा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।