images
images

माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार, हवल्दारलाई लगियो प्रहरी हेडक्वार्टर

  • २ बैशाख २०८०, शनिबार १०:१७

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ ।

गएराति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले ७४ वर्षीया तिर्थमाली पुन मगरलाई गोली प्रहार गरेका हुन् । प्रहरी सहायक हवल्दार प्रकाश वर्षमानका नातेदार पनि हुन् । गएराति करिब १० बजे उनले गोली प्रहार गरेका थिए । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ । वर्षमानकी आमाको खुट्टामा गोली लागेको छ । घाइते उनकोे ट्रमा सेन्टरमा उपचार हुँदैछ । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहिले गोली प्रहार गर्ने प्रहरीका सहायक हवल्दारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेता वर्षमान पुनकी आमालाई प्रहरी सहायक हवल्दारले आफ्नै पेस्तोलबाट गोली प्रहार गरेको खुलेको छ । प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ ।