
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा चट्याङ लागेर एक महिला घाइते भएकी छिन् ।
काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका –१ बाङथलीमा चट्याङ लागेर एक महिला घाइते भएकी हुन् । घाइते हुने २० वर्षीय सुजता पराजुली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । । हिजो साँझ हावाहुरी तथा पानीसँगै परेको चट्याङ लागेर उनी घाइते भएकी हुन् ।
उनको बनेपास्थित शिर ममोरियल अस्तापलमा उपचार भईरहेको छ । पराजुलीको अवस्था खतरामुक्त रहेका प्रहरीले जनाएको छ ।